दफा २
नेपाल प्रहरी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ मा संशोधन
२. नेपाल प्रहरी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ मा संशोधन
नेपाल प्रहरी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ (यस पछि “मूल आदेश” भनिएको) को दफा ३ को उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ ः–
“(२) उपदफा (१) बमोजिमको समितिमा देहाय बमोजिमका सदस्यहरु रहने छन् ः–
(क) प्रहरी महानिरीक्षक –अध्यक्ष
(ख) गृह मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत प्रतिनिधि –सदस्य
(ग) प्रहरी प्रधान कार्यालय, प्रशासन विभागको प्रहरी अतिरिक्त महानिरीक्षक –सदस्य
(घ) अस्पतालका कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका वरिष्ठ कन्सल्टेण्ट विशेषज्ञ प्रहरी चिकित्सक (एम.डी.÷एम.एस. वा सो सरह) हरु –सदस्य
(ङ) सेवा निवृत्त प्रहरी अधिकृतहरु मध्येबाट समितिको सिफारिसमा नेपाल सरकारद्वारा मनोनीत एक जना –सदस्य
(च) अस्पतालको मेडिकल डाइरेक्टर –सदस्य–सचिव”